
सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्मामा नयाँ तरकारी ब्लक विकास कार्यक्रमको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत नयाँ तरकारी ब्लक विकास कार्यक्रमको मंगलबार सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । जस्मा ताजा तरकारी मिश्रीत कृषक समूहका अध्यक्ष छोटी शेर्पाको अध्यक्षता एवंम जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यता रहेको थियो ।कृषि ज्ञान केन्द्रको ८ लाख ३० हजार लागत र स्थानिय कृषकको ४ लाख ५२ हजार २ सय रुपैयाँ लागतमा सञ्चालित सो कार्यक्रममा १२ लाख ८२ हजार २ सय रुपैयाँ बराबरको खर्च गरिएको अध्यक्ष शेर्पाले सार्वजनिक गर्नुभएको छ । जस्मा ताजा तरकारी मिश्रित कृषक समूह, बाराने कृषक समूह, नाजिङ कृषि तथा तरकारी खेती समूह, सेतिदेवी ताजा तरकारी समूह, कालिकादेवी तरकारी खेती कृषक समूह र समाबेशी आलु उत्पादन तथा तरकारी खेती कृषक समूहले हिल टयाङ्की, पाईप, टनेल, हजारी, विउविजन लगायत अन्य सामग्रीहरु प्राप्त गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया