
सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले प’हिरो पी’डितलाई राहत रकम प्रदान गरेको छ । गत वर्ष २०८१ असोज ११ र १२ गतेको अविरल वर्षाका कारण क्षति भएको ३ घरपरिवारलाई घर पुनःनिर्माण लागि राहत रकम प्रदान गरेको हो ।
आज एक कार्यक्रमकाबिच सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ९ र १० का पहिरो पीडितलाई सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पा र उपप्रमुख गान्धी माया तामाङले ३ घरपरिवारलाई २ लाख ५० हजार रुपैयाँको दरले राहत रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
मृ’त्यु भएका ५ जनाको का’जक्रियाको लागि गत असोज १३ गते ५० हजार रुपैयाँको दरले राहत रकम प्रदान गरिएको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष एवं नगर प्रवक्ता फूर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
यसै गरी सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ बेनीका ४ घर बा’ढी पी’डितलाई घर पुनःनिर्माण लागि प्रतिघर एक लाख रुपैयाँको दरले चेक हस्तान्तरण गरिएको नगर प्रवक्ता शेर्पाले बताउनुभयो ।
गत वर्ष २०८१ असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ९ गोराखानी र वडा नम्बर १० टाप्टिङमा मानवीय सँगै भौतिक क्षति भएको थियो ।
सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ९ गोराखानीमा प’हिरोमा पुरिएर २३ वर्षीय ल्हामु शेर्पा, करिब २८ वर्षीय रिना तामाङ र ७ महिनाको फुर्वा लोप्साङ शेर्पाको मृ’त्यु भएको थियो ।
यस्तै सोलुदुधकुण्ड नगरपालिका १० टाप्टीङ सैलुनका ३३ वर्षीय कविता मगर र २४ वर्षकी रुपु मगरको पहिरोमा पुरिएर मृ’त्यु भएको थियो ।
पहिरोले वडा नम्बर ९ गोराखानीमा १ घर र वडा नम्बर १० टाप्टिङको २ घरमा पूर्ण रूपमा क्षति भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया