×

सोलुदुधकुण्ड नगरपालिकाको पहलमा एसइई दिएका विद्यार्थीलाई व्यावसायिक तालिम दिइने

चैत्र १९, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकामा माध्यमिक शिक्षा (एसइई) परिक्षा दिएर बसेका विद्यार्थीलाई व्यसायिक तालिम दिइने भएको छ । सोलुदुधकुण्ड नगरपालिकाको पहल, नेपाली संस्था एन.भी.टी.सी र यसको फ्रान्सेली सोलु च्यामको सहकार्यमा नुम्बुर भोकेशनल ट्रेनिङ सेन्टरमा तालिम दिइने भएको हो ।

यस केन्द्रमा विभिन्न व्यावसायिक तालिमहरू प्रदान गरिने भएकाले विद्यार्थीहरूको भविष्यलाई अझ उज्जवल बनाउन मद्दत पुग्ने भएकाले उक्त तालिम प्रदान गर्न लागिएको सोलुदुधकुण्ड नगरपालिका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनुभएको छ ।

तालिम केन्द्रमा प्लम्बिङ, इलेक्ट्रिकल प्रविधि, होटल तथा रेस्टुरेन्ट कुकिंङ सम्बन्धि, सिकर्मी प्रशिक्षण, पर्वतीय पर्यटन तथा आतिथ्य व्यवस्थापन र पदयात्रा एजेन्सी सञ्चालन हुने छ । तालिम प्रदान गरिएकाहरुलाई रोजगारीको व्यवस्थासमेत गरिने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: