×

सोलुदुधकुण्ड नगरपालिकाले दियो मिलिजुली समूहका लागि बचत, ऋण व्यवस्थापन तथा नेतृत्व विकास तालिम

फाल्गुन २६, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले मिलिजुली समूहका लागि बचत, ऋण व्यवस्थापन तथा नेतृत्व विकास तालिम दिइएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय विराटनगर र करुणा फाउण्डेशन नेपालको सहकार्य तथा नगरपालिको आयोजनामा अपांगता तथा पुन स् स्थापना कार्यक्रम अन्तर्गत आईतबार र सोमबार दुई दिने तालिम दिईएको हो ।

तालिममा बैठक कसरी बस्ने, माइनोट कसरी लेख्ने र प्रस्ताव बनाउने लगायतका विषयमा तालिम प्रदान गरिएको हो । नगरपालिकाकी महिला विकास निरीक्षक रिता ढुंगानाका अनुसार मिलिजुली समूहको लागि जीविकोपार्जन सम्बन्धी गतिविधि सञ्चालन गर्न तथा अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धमा बहस र पौरखी गर्न समक्ष बनाउने उदेश्य रहेको थियो ।
तालिममा नगर भित्रका मिलिजुली समूहका २५ भन्दा बढिको सहभागीता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: