
सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङका पहिरो पिडित परिवारलाई ३१ लाख बढी आर्थिक सहयोग जुटेको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका सहितको पहिरोमा परी ज्यान गुमाएका पिडित परिवारलाई वडा कार्यालयको सहयोग अभियान अन्तर्गत ३१ लाख ४ हजार २ सय ९३ रुपैयाँ आर्थिक सहयोग जुटेको हो ।
वडाले आज पत्रकार सम्मेलन गरी टेकबहादुर मगरको घर पहिरोले क्षतिग्रस्त बनाएकाले घर निर्माणका लागि ४ लाख ९० हजार २ सय २० रुपैयाँ हस्तान्तरण गरिएको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष होम बहादुर मगरले जानकारी दिनुभयो ।
साथै बाकीँ रहेको रकम २६ लाख १४ हजार ६४ रुपैयाँ पहिरो प्रभावित घरको ४ जना बालबालिकाहरुलाई प्रतिव्यक्ति ६ हजार ५३ हजार ५ सय १६ रुपैयाँका दरले सल्लेरीमा रहेको लक्ष्मी सनराइज बैँकमा १० बर्षका लागि डिपोजिट गरिएको मगरले उल्लेख गर्नु भयो। उक्त आर्थिक रकम देश विदेशबाट संकलन गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया