
सोलुखुम्बु, माघ २२ । सोलुदुधकुण्ड नगरपालिकामा माघ २२ अर्थात आजदेखि एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ ।
आगामी २७ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत नगरपालिकाभित्रका विद्यालयहरूमा कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरू तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका सम्पूर्ण किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने जनाइएको छ ।
नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले अभियानलाई सफल बनाउन सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विद्यार्थी तथा सरोकारवालाहरूलाई सहयोग गर्न अनुरोध गर्नुभएको छ ।
साथै लक्षित समूहका किशोरीहरूले अनिवार्य रूपमा खोप लगाएर सुरक्षित हुन नगरपालिकाले आग्रह गरेको छ ।
यस खोप अभियानले पाठेघरको मुखको क्यान्सर रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । अभियान देभव्यापी रुपमा सञ्चालन हुँदै छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया