मंसिर २६, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सदरमुकाम नजिकैको तीर्थस्थल सानो दुधकुण्ड सरसफाइ गरेको छ । प्रहरी नायब उपरीक्षक द्वारीका प्रसाद घिमिरेको कमान्डमा खटिएको प्रहरी टोलीले सल्लेरी नजिकै रहेको सानो दूधकुण्ड सरसफाई गरेको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यालय प्रमुख एवं डीएसपी घिमिरे सहित प्रहरी टोली र कार्यालयमा तालिमरत नगरप्रहरीको सहयोगमा सानो दूधकुण्डको सरसफाइ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ मा रहेको उक्त धार्मिक स्थलमा रहेको फोहोरमैला हटाई मन्दिरको सुन्दरतामा निखारता ल्याइएको डीएसपी घिमिरेले बताउनुभयो ।
यसअघि मङ्गलबार पनि प्रहरीले दोर्पूमा रहेको गुप्तकालीका मन्दिर सरसफाइ गरेको थियो । प्रहरीले सुरक्षासँगै सामुदायिक हितमा विभिन्न कामहरू गर्दै उदाहरण पेश गरिरहेको र आगामी दिनहरूमा पनि यसरीनै सामुदायिक कामको उदाहरणीय पेश गरिने प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो ।
यसैबीच जिल्ला अस्पताल फाप्लुमा बिरामी परेर उपचारमा आउकी महिलालाई प्रहरीले रक्तदान गरेको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गोराखानीका ४८ वर्षीय लक्की शेर्पालाई प्रहरी जवान प्रवेश श्रेष्ठले रक्तदान गर्नुभएको हो । बिरामीलाई आवश्यक वि पोजेटिभ रगत प्रहरी जवान श्रेष्ठले दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया