मंसिर २५, सोलुखुम्बु । १५ औँ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनजाग्रीती मावि प्रथम भएको छ । सोलुखुम्बुको एकमात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाले आयोजना गरेको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनजागृति मावि सल्लेरी प्रथम भएको हो ।
माविले २१ स्वर्ण ११ रजत ७ काश्य गरि ३९ वटा पदक जित्दै प्रथम भएको हो । माविले भलिबल तर्फ १ स्वर्ण, कवड्डी तर्फ २, एथ्लेटिक्स तर्फ ८ स्वर्ण, ७ रजत, ४ काश्य, मार्सल आर्ट तर्फ १० स्वर्ण, ४ रजत, ७ काश्य जितेको छ । यस्तै ह्वाइट हिल्स मावि १६ स्वर्ण, १५ रजत, २० काश्य सहित दोश्रो भएको छ । यता १३ स्वर्ण, ८ रजत, ६ काश्य सहित सगरमाथा मावि तेश्रो, ६ स्वर्ण, ९ रजत, १ काश्य सहित सिंहकाली मावि चोथौ, ३ स्वर्ण, २ रजत, ११ काश्य सहित गार्मा मावि पाँचौ, २ स्वर्ण ६ रजत, ५ कास्य सहित फाप्लु मावि छैटौँ भएको छ ।
यस्तै २ स्वर्ण ३ रजत ५ काश्य सहित १० पदक जित्दै माउण्ट एभरेष्ट इङ्लीस बोर्डिङ स्कुल सातौँ, १ स्वर्ण, ३ रजत, ३ काश्य जित्दै जुनवेसी मावि आठौँ, १ स्वर्ण २ काश्य सहित चागेँस्थान मावि नवौँ, १ स्वर्ण सहित बालेश्वर मावि १० औँ, ४ रजत, ६ काश्य सहित टाकसिन्दु मावि ११ औँ, १ काश्य पदक सहित जनप्रिय मावि १२ औँ भएका छन । पिके मावि र भुमेस्थान मावि भने यो रनिङ शिल्डमा पदक विहीन बनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया