
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मूल नारा सहित शुक्रबार नगरपालिका स्थित वडा नम्बर ७ को गार्मा माविमा एक कार्यक्रमको आयोजना गरि प्रतियोगिताको सुरुआत भएको हो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत स्थानीय तह स्तरीय स्तरीय प्रतियोगितामा सोलुदुधकुण्ड नगरपालिकाबाट छनौट भएर जाने खेलाडीले जिल्ला स्तरीय प्रतियोगितामा छनौटका लागी प्रतिष्पर्धा गर्न पाउने छन् । उद्घाटन कार्यक्रममा बोल्दै समन्वय प्रमुख निरौलाले खेलकुद देशलाई चिनाउने महत्वपूर्ण विधा भएको भन्दै खेलकुद क्षेत्रमा लाग्ने विद्यार्थीहरुले सगरमाथाको माध्यमले मात्रै नभएर खेलको माध्यमले पनि विश्वलाई चिनाउन पर्ने बताउनुभयो ।
विशेष अतिथि तथा नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले विद्यार्थी जिवनमा खेलकुदले विशेष महत्व राख्ने भन्दै लुकेर रहेको प्रतिभालाई उजागर गर्ने भएकोले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले राष्ट्रपति रनिङ शिल्डले खेलाडीलाई राष्ट्रिय स्तरीय खेलाडी बन्ने मौका प्रदान गर्ने भन्दै प्रीति राईको उदाहरण पेश गर्नुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले खेलकुद क्षेत्रको नक्षेत्रको रुपमा रहेका विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै उहाँले नगरपालिकाले आयोजना गरेको कार्यक्रम उत्कृष्ट भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
प्रतियोगिता जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा व्यानर पढेर उद्घाटन गर्दै सुरु भएको छ । विद्यालय स्तरमा अध्ययन गर्ने विद्यार्थीहरूमा खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नकालागी सुरु भएको प्रतियोगिता सोलुदुधकुण्डमा सुरु भएको हो । नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा नगर भित्रका १० सामुदायिक र ४ संस्थागत गरि १४ विद्यालयका विद्यार्थीहरूले प्रतिस्पर्धा गर्ने छन् ।
नगरपालिकाका १४ विद्यालयबाट करिव ५ सय जना खेलाडी रनिङ शिल्डमा प्रतिष्पर्धाका लागी सहभागी भएको सोलुदुधुण्ड नगरपालिकाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया