×

समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई नगर प्रमुख शेर्पाको निर्देशन

मंसिर १८, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ को प्रशासनिक भवनको शिलान्यास गरिएको छ । 
आज सोमबार नगर प्रमुख नाम्गेल जाङबु शेर्पा, उपप्रमुख गान्धी माया तामाङ र वडा अध्यक्ष छोङवा शेर्पाले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको हो ।  
प्रशासनिक भवनको शिलान्यास गर्दै नगर प्रमुख शेर्पाले गुणस्तरीय निर्माणमा जोड दिनका साथै समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । 
साढे २ तले सुविधा सम्पन्न भवन निर्माणका लागि नगरपालिकाबाट एक करोड आठ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले जानकारी दिनुभयो ।
आज शिलान्यास गरिएको वडा कार्यालयको निर्माण कार्य यही आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको वडा अध्यक्ष छोङवा शेर्पाले जानकारी दिनुभयो । 
देन्डुप निर्माण सेवाले निर्माण कार्य सुरु गरिसकेको वडा कार्यालयले जनाएको छ ।
यसैबिच सोलुदुधकुण्ड नगरपालिकाको पहलमा फाप्लुदेखि टाक्सीन्धु हुँदै खुम्बु जोड्ने १० किलोमिटर सडकको कालोपत्रे गर्ने काम चाँडै सुरु गरिने र सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ टाक्सीन्धु स्थित छिर्दिघाट मोटरे बल पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: