×

सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङमा भएको खुल्ला वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता सम्पन

कार्तिक २५, २०८१ | दाक्सु मिडिया

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङमा भएको खुल्ला वडा स्तरीय पुरुष भलिवल प्रतियोगिताको च्याम्यिन ओखलढुंगाको चम्पादेवी गाउँपालिका १ पलाप भएको छ । आज सम्पन्न भएको प्रतियोगितामा सोलुखुम्बुको केरुडलाई सोझो सेटमा पराजित गर्दै चम्‌पादेवी प्रथम भएको हो । केरुङ दोस्रो हुँदा पाईला पाइलाको आशालाई पराजित गर्दै ओखलढुं‌गाको चिसंखुगढी गाउँपालिका १ कुइभिर तृतिय भएको छ ।

स्वर्गिय देण्डी शेर्पाको स्मृतिमा वडा नमवर १० टाप्टिङ र सेभेन समिट फाउण्डेसनको संयुक्त आयोजनामा उक्त प्रतियोगिता भएको हो। खेल यहि कातिक २२ गतेबाट सोलुदुधकुण्ड नगरपालिका १० खाम्दिङ विद्यालयमा सुरु भएर आज आईतवार सम्पन्न भएको हो ।

प्रतियोगितामा सोलुखुम्बु र ओखलढुंगाका चर्चित खेलाडीहरुको साथमा २० टिमको सहभागिता रहेको थियो । यसैगरी, प्रथम, द्धितिय त्तिय र सान्त्वना हुने टिमलाई क्रमशः १ लाख ५ रुपैयाँ, ७७ हजार, ५३ हजार र २७ हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र प्रदान गरिएको छ ।

यस्तै, चम्पादेवी गाउँपालिका १ पलाएका सार्वोकृष्ट खेलाडी अनिल श्रेष्ठ, सोलुदुधकुण्ड नगरपालिका ८ केरडका उत्कृष्ट स्पाइकर रार्जादप तामाङ, सोलु केरुङका उत्कृष्ट सेटर दिपक तामाङ, ओखलढुंगा चिसंखुगढीका उत्कृष्ट ब्लकर अनिल माझी, चम्पादेवीके उत्कृष्ट डिफेन्डर शिवराम मगर, चम्पादेवीकै उत्कृष्ट सर्भर ससित मगर छनौट भएका छन् । उनीहरुलाई नगद २५ सयको साथमा मेडल प्रमाणपत्र प्रदान गरिएको छ ।

यसैर्गार उत्कृष्ट प्रशिक्षक ओखलढुंगा चम्पादेवीका प्रतिक मगर भएका छन् । प्रशिक्षकलाई नगद तीन हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिएको छ । उत्कृष्ट मार्चपास पिके सेवा समाज झाप्रे सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङ भएको छ ।

यस्तै, वाड्छु शेर्पा प्रार्थामक अस्पताल खाम्दिङमा सञ्चालन भएको आंखा सिविरमा करिव २ सय जनाले सेवा लिएका छन् । कार्यक्रमको समापन सगै ख्याति प्राप्त कलाकारहरुको साथमा सांस्कृतिक कार्यक्रमसमेत सुरु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: