×

सोलु दुधकुण्ड नगरपालिका ल्यायो ६८ करोड ७१ लाखको बजेट  

असार १५, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु :  सोलुदुधकुण्ड नगरपालिकाले संस्थागत बिकास नीतिगत पूर्बाधार र क्षमता बिकासलाई प्राथमिकतामा पहिलो प्राथमिकतामा राखि आगामी आर्थिक वर्षका लागि रु.६८ करोड बढीको बजेट पेश गरेको छ । आज आइतबार सम्पन्न १२ औ नगरसभाले कुल रु.६८ करोड ७१ लाख ३ हजार ५ सय  रुपैयाँ बजेट पेश गरिएको हो ।
सोलुदुधकुण्ड नगरपालिका उपमेयर गान्धी माँया तामाङले पेश गर्नुभएको नीति तथा कार्यक्रममा नगरपालिकाले हासम्म पुर्वाधार विकासलाई बढी प्राथमिकता राखी काम गर्दै आएकोमा यस आर्थिक बर्षमासंस्थागत बिकास नीतिगत पूर्बाधार र क्षमता बिकासलाई प्राथमिकतामा पहिलो प्राथमिकतामा राखेको हो ।

आर्थिक वर्ष २०८०÷०८१ मा आयतर्फ संघीय सरकार समानीकरण ान रु. १२ करोड ७४ लाख, सशर्त अनुदानचालु रु. ३१ करोड ८ लाख, सशर्त अनुदान पुजीतफ १ करोड ७९ लाख, राजस्व बाँडफाँड रु. ११ करोड १२ लाख १६ हजार, समपुरक अनुदान रु.१३ लाख र  विशेष अनुदान पुजीगत रु.१५लाख हुने अनुमान गरिएको छ ।
 यस्तै प्रदेश सरकार समानीकरण अनुदान रु. ८० लाख ८३ हजार, सर्शत अनुदान चालु रु.४१ लाख ५७ हजार, सर्सत अनुदान प्जीगत समपुरक अनुदान रु. ५० लाख समपुरक अनुदान पुजीगत तर्फ १ करोड ३० लाख र सवारी कर राजस्व बाँडफाँड रु. ९० लाख ४२ हजार आम्दानी हुने अनुमान गरिएको छ ।
सोलुदुधकुण्ड नगरपालिकाको आर्थिक बर्ष २०८० ,८१ के निमित्त नगर कार्यपालिका ,वडा समिती,विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसुची १ मा उल्लेखित चालु खर्च रकम ४२ करोड सतह्तर लाख एक हाजार तिन सउ बिस रुपैया रहेको छ भने ,पुंजिगत खर्च तर्फ २५ करोड ९४ लाख २ हजार १ सय ८० गरि जम्मा रु.६८ करोड ७१ लाख ३ हजार ५ सय  रुपैयाँ बजेट पेश गरिएको हो । नगरप्रमुख नाम्गेल जाङब् शेर्पाको अध्यक्षतामा सम्पन्न भएको १२ औ नगरसभामा प्रमुख प्रशासकिय अधिकृत कोपिला राईले गत बर्षको मुख्य उपलब्धीबारे समिक्षा गर्नुभएको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: