×

सोलुदुधकुण्ड नगरपालिका चारमा ७ दिने कफि तालिम सम्पन्न

बैशाख २५, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु- सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ ले सात दिने बारिस्ठा कफि तालीम सम्पन्न गरेको छ।
नगरपालिकाको आयोजनामा गरिबी निवरणको लागि लघु उद्दम विकाश कार्यक्रम (मेड्पा ) र लघु घरेलु तथा साना उद्द्योग प्रबर्द्धन केन्द्र त्रिपुरेश्वर काठमाडौंको आर्थिक सहयोगमा उक्त तालिम सम्पन्न भएको छ ।

तालीममा चार नम्बर वडा र अन्य वडाका गरि १८ जना भन्दा पढी प्रशिक्षार्थीको सहभागी रहेको थियो । ४ नम्बर वडा अध्यक्ष युवास तामाङका अनुसार कफि खेतिको लागी उपयुक्त ठाउँ संगै राम्रो संभावना बोकेको वडा हुदा वडा वासिको माग अनुसार सो तालिम संचालन गरीएको हो । तालिमको प्रशिक्षण किरण थापा मगरले दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: