×

सोलुदुधकुण्ड नगरपालिका १० मा लुम्सा दिमिल सडक तथा पुलको उद्घाटन

बैशाख १४, २०८१ | दाक्सु मिडिया सम्वाददाता

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका र स्विस दातृ निकायको ५० लाख लागत साझेदारीमा नगरपालिकाको वडा नम्बर १० टाप्टिङ स्थित लुम्सा दिमिल सडक तथा पुलको उद्घाटन गरिएको छ ।

बिहिवार नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्ययतामा टाप्टिङबाट लुक्सा, जुके र दिमिल जोड्ने टाप्टिङ घट्टे खोलाको पक्की पुल उद्घाटन गरिएको वडा नम्बर १० का वडा अध्यक्ष होम बहादुर मगरले उल्लेख गर्नु भयो ।

उक्त पुल सगिंता कन्स्ट्रक्सनद्वारा गत असारमा सम्झौता गरी पुल निर्माणको कार्य सुरु गरिएको थियो । पुल निर्माण नहुँदा बर्खा याममा सवारी साधन आवतजावतमा समस्या भएको भन्दै पुल निर्माण पछि सहज हुने वडा अध्यक्ष मगरको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: