×

सोलुदुधकुण्ड नगरपालिकामा अपाङ्गता रोकथाम शिविर सुरु

बैशाख ५, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकामा एघार दिने अपाङ्गता रोकथाम तथा पुनः स्थापना शिविर सुरु भएको छ ।
कोशी प्रदेश सरकार, सोलुदुधकुण्ड नगरपालिका र करुणा फाउन्डेसनको त्रिपक्षीय साझेदारीमा सुरु भएको।
आज शिविरको पहिलो दिन नगरपालिका वडा नम्बर १ टाक्सिन्दुमा २४ जनाको स्वास्थ्य परीक्षण र ४ जनालाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको सोलुदुधकुण्ड नगरपालिकाका योजना शाखा अधिकृत रामकुमार खड्काले सोलु एफ.एमलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार जन्मजात हुने अपाङ्गता र जन्म पछि हुने अपाङ्गता रोक्न र अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्न शिक्षा र स्वास्थ्यमा सहयोग पुग्ने उद्देश्यले नगरपालिकाको ११ वटै वडा शिविर सञ्चालन गरिने भएको हो ।
भोली ५ गते बुधवार वडा नम्बर २ बेनी, ६ गते वडा नम्बर ३ वडा तामाखानी, ७ गते वडा नम्बर ४ फाप्लु र वडा नम्बर ५ सल्लेरीमा शिविर सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
यस्तै वैशाख ८ गते वडा नम्बर ५ जैदु, ९ गते वडा नम्बर ६ दोर्पू, १० गते वडा नम्बर ७ गार्मा, ११ गते वडा नम्बर ८ केरुङ, १२ गते वडा नम्बर १० मा हुने भएको छ । यस्तै १३ गते वडा नम्बर ९ गोराखानी र १४ गते वडा नम्बर ११ तिङ्लामा शिविर आयोजना गरिने भएको छ ।
अपाङ्गता भएका तथा अपाङ्गता भएका व्यक्तिको परिवारको जीविकोपार्जन, पहुँचयुक्त भौतिक संरचना, संस्थागत सुदृढीकरणका, शिक्षा, स्वास्थ्य तथा सहायक सामाग्रीको व्यवस्थापनमा यो कार्यक्रम केन्द्रित हुने नगरपालिकाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: