×

सोलुदुधकुण्ड नगरपालिका ४ मा एकल महिला र अपाङ्गलाई न्यानो कम्बल वितरण

चैत्र १९, २०८० | दाक्सु मिडिया सम्वाददाता

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ फाप्लुमा एकल महिला र अपाङ्गलाई न्यानो कम्बल वितरण गरिएको छ ।
वडाको चालु आर्थिक वर्ष २०८०-०८१ को दलित लक्षित कार्यक्रम अन्तर्गत विनियोजित १ लाख रुपैयाँ बजेट मार्फत एकल महिला र अपाङ्गलाई आइतबार कम्बल वितरण गरेको हो ।
हिजो सुर्के, यार्मादिङ र फाप्लुका नागरिकहरूलाई टोल टोलमा गई कम्बल वितरण गरेको वडा कार्यालयले जनाएको छ ।
सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धी माया तामाङको उपस्थितिमा वडा नम्बर ४ का वडा अध्यक्ष युवास तामाङद्वारा २० जना नागरिकलाई कम्बल प्रदान गरिएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: