×

सोलुदुधकुण्ड नगरपालिका २ बेनिको सार्बजनिक सुनुवाइ सम्पन्न

फाल्गुन ३०, २०८० | दाक्सु मिडिया सम्वाददाता

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। वडा स्तरीय पारदर्शी, जवाफदेहिताको सवाल र आ.ब. २०८०/८१ प्रथम र चौमासिकको सुनुवाइ सकिएको हो। कार्यक्रममा वडाको २०८०/८१ प्रथम र चौमासिकमा प्राप्त सिलिङ बजेट र वडाको भित्रको बिकास स्तरियताको जनता र जनप्रतिनिधि बीच सवाल जवाफ भएको थियो ।
नगर प्रमुख नाम्गेल जाङबु शेर्पाका अनुसार वडा वासिलाई प्रदान गरिरहेको सेवा उत्कृष्ट रहेको र नगरबाट उपलब्ध गर्नु पर्ने सबै सहयोग निरन्तर रहने उल्लेख गर्नु भयो।
वडा अध्यक्ष ङवाङ ठिले शेर्पाले नगरपालिकाको सिमित बजेटमा आफ्नो वडामा सोचेजस्तो विकास भएको बताउनु हुदै आफ्नो कार्यकालमा वडा भवनको बजेटलाई अन्य भौतिक बिकासमा प्रयोग गरि वडाको समग्र बिकासमा जोड दिने जिकिर गर्नु भयो ।
सार्बजनिक सुनुवाइको उद्देश्यमा नगरपालिकाका शैक्षिक, स्वास्थ सेवा, यातायात सडक, खानेपानी विकास र महिला तथा बालबालिकाहरुको निम्ति सेवा दिन र वडा विकासोन्मुख रुपमा अगाडि रहेको योजना शाखाका प्रमुख राम कुमार खडकाले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा वडाबासी दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहि सबाल जबाफ सहित सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: