×

सोलुदुधकुण्ड नगरपालिकाको ह्याट्रिक, १४ औँ राष्ट्रपति रनिङ शिल्ड पच

फाल्गुन १२, २०८० | दाक्सु मिडिया

सोलुखुम्बु । लगातार ३ वर्ष कप उचाल्दै सोलुदुधकुण्ड नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड पच गरेको छ । जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुद्धारा आयोजित १४ औँ राष्ट्रपति रनिङ शिल्ड जितेसँगै  नगरपालिकाले शिल्ड पच गरेको हो । 

नगरपालिकाले २५ स्वर्ण, ३३ रजत र २२ कास्य गरी ८० पदक प्राप्त गरेको छ । 

भलिबल, तेक्वान्दो उस्सु, रिले लगायत विभिन्न ६ विधामा सञ्चालन भएको प्रतियोगिता अन्तर्गत भलिबल छात्रतर्फ सोताङ गाउँपालिका प्रथम भएको छ । 

सोलुदुधकुण्ड नगरपालिका द्वितीय, माप्य दुधकोशी गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिका तृतीय भएका छन् ।

यस्तै छात्रातर्फ महाकुलुङ गाउँपालिका प्रथम, माप्य दुधकोशी गाउँपालिका द्वितीय र सोलुदुधकुण्ड नगरपालिका तृतीय भएका छन् ।  

कबड्डी छात्रातर्फ सोेलु दुधकुण्ड नगरपालिका प्रथम, खुम्बु पासाङल्यामु गाउँपालिका द्वितीय, माप्य दुधकोशी गाउँपालिका र महाकुलुङ गाउँपालिका तृतीय भएका छन् । 

यसैगरि कबड्डी छात्रतर्फ खुम्बु पासाङल्हामु गाउँपालिका प्रथम, सोेलुदुधकुण्ड नगरपालिका द्वितीय, थुलुङ दुधकोशी गाउँपालिका र महाकुलुङ गाउँपालिका तृतीय भएका छन् ।  

थुलुङ दुधकोशी गाउँपालिकाले १६ स्वर्ण, ११ रजत र १६ कास्य गरी ४३ पदक प्राप्त गरेको छ ।

माप्य दुधकोशी गाउँपालिकाले १५ स्वर्ण, १२ रजत र १८ कास्य गरी ४५ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ । 

त्यस्तै महाकुलुङ गाउँपालिकाले ५ स्वर्ण, २ रजत र ५ कास्य गरी १२ पदक प्राप्त गरेको छ भने नेचासल्यान गाउँपालिकाले ३ स्वर्ण, ६ रजत र १० कास्य गरी १९ पदक प्राप्त गरेको छ । 

यसै गरी सोताङ गाउँपालिकाले १ स्वर्ण, १ रजत र ४ कास्य गरी ६ पदक प्राप्त गरेको छ भने खुम्बु पासाङ ल्हामु गाउँपालिकाले १ स्वर्ण, १ रजत गरी जम्मा ५ पदक प्राप्त गरेको छ । 

जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्ला समन्वय समितिको प्राङ्गण र जन जागृति माध्यमिक विद्यालयको खेल मैदानमा यही ५ फागुन देखि सुरु भई ९ फागुन मा सम्पन्न भएको हो ।

समापन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै कोशी प्रदेशका सांसद एवं पूर्व मन्त्री बुद्धीकुमार राजभण्डारीले खेलमैदान निर्माणका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । वहाँले छनौट भएका खेलाडी र विजेता टोलीलाई बधाई दिँदै व्यवस्थित खेलमैदान निर्माण गरी खेल क्षेत्र र खेलाडी विकासका लागि प्रदेशबाट विशेष पहल गरिने उल्लेख गर्नुभयो । 

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष नरेन्द्र थापा मगरले खेलकुद सञ्चालनका क्रममा विविध त्रुटिहरू भएकोप्रति क्षमा माग्दै आगामी वर्षहरूमा व्यवस्थित तवरले खेलको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहभागि सम्पूर्ण विधाका खेलाडीहरूलाई धन्यवाद व्यक्त गर्दै वहाँले खेलाडीहरूको मनोबल बढाउन साथै प्रोत्साहनका लागि राष्ट्रपति रनिङ शिल्डले अवसर दिएको बताउनुभयो ।

सम्पूर्ण विधाका विजेता खेलाडिहरुलाई मेडलका साथ प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: