
सोलुखुम्बु ।सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले प्रमुख शेर्पाले प्रारम्भिक शिक्षामा ध्यान पुर्याउन नसक्दा मुलुकको शैक्षिक गुणस्तर खस्कंँदै गएको बताएका छन।
नगरभित्रका बाल विकास केन्द्रका सहजकर्ताहरुका लागि सुरु भएको क्षमता अभिवृद्धि तालिम उद्घाटन गर्दै नगरप्रमुख शेर्पाले सो कुरा बताएका हुन्। बाल विकास केन्द्रमा ध्यान दिन सके गुणस्तर सुधारमा ठुलो टेवा पुग्ने बताउंदै उनले जिल्लामैे पहिलो पटक सुरु भएको यस तालिमबाट सिकेको सीपलाई व्यबहारमा उतार्न तालिमका सहभागीहरुलाई आग्रह गरे।
नगरपालिकाको आर्थिक सहयोग तथा (इसीसी) इन्नोभेसन एजुकेसनको समन्वयमा नगर शिक्षा शाखाले आयोजना गरेको सो तालिममा नगरभित्रका ४७ विद्यालयका ५० जना बाल कक्षाका शिक्षिकाहरुको सहभागिता रहेको बताईएको छ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख गान्धी माया तामाङ,नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कोपिला राई, तालिमका प्रमुख सहजकर्ता सिङगी लोमी लगायतले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।
तालिम पांचदिनसम्म सञ्चालन हुने नगर शिक्षा शाखा प्रमुख सन्तोष राउतले जानकारी दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया