×

सोलदुधकुण्ड नगरपालिका ७ का एकल महिलालाई सिपमुलक तालिम प्रदान

पुस २८, २०८० | दाक्सु मिडिया

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्मामा सिपमुलक तालिम तथा वडा स्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । मानव अधिकारको लागि महिला, एकल महिला संस्था सोलुखुम्बुको आयोजना तथा सोलुदुधकुण्ड नगरपालिकाको आर्थिक सहयोगमा “एकल महिलाहरुलाई दया माया भन्दा अवसरको खाँचो छ” भन्ने मुल नाराका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । 
    एकल महिलाहरुमा सम्भावना हुने भए पनि  समाज र परिवारबाट अपहेलित हुने गरेको भन्दै उनिहरुलाई सपमुलक तालिमको आवश्कता रहेको मानव अधिकारको लागि महिला, एकल महिला संस्था सोलुखुम्बुका अध्यक्ष सूर्य कुमारी सुनुवारले सोलु एफ.एमलाई जानकारी दिनुभयो

 अभिमुखिकरण कार्यक्रममा एकल महिला हुदाँ समाज र परिवारबाट हुने दुव्र्यवहारबाट बच्ने उपाय, आत्मबल बढाउने उपाय लगायत विविध ज्ञानवद्र्वक सिपहरु सिकाइएको छ । कार्यक्रम निकै प्रभावकारी भएको सहभागी महिलाहरुले बताएका छन् । कार्यक्रमको सहजिकरण मानव अधिकारको लागि महिला, एकल महिला संस्था कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष दिपा आचार्य तथा मानव अधिकारको लागि महिला, एकल महिला संस्था सोलुखुम्बुका अध्यक्ष सूर्य कुमारी सुनुवारले गर्नुभएको छ । यो कार्यक्रम हिजो आइतबार सोलुदुधकुण्ड नगरपालिकाबाट सुरु भई ११ वटै वडामा संञ्चालन गर्नुका साथै एकल महिलाहरुको समिति गठन समेत गरिने आयोजकले जनाएको छ । आज आयोजित कार्यक्रममा वडा भित्रका ४५ जना एकल महिलाहरुको सहभागिता रहेको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: