×

मौसमी कामदार पठाउन सोलुदुधकुण्ड नगरपालिका र कोरियाली कम्पनीबीच सम्झौता

पुस २६, २०८० | दाक्सु मिडिया

सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिकामा पाचौँ अध्यक्ष रनिङ शिल्ड तथा चौथो स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका अध्यक्ष असिम राईले कार्यक्रमको उद्धघाटन गर्दै प्रतियोगिताको सुरुवात गर्नुभएको हो ।
पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महिला, पुरुष भलिबल प्रतियोगिता, ब्याडमिन्टन, टेबल टेनिस लगायतका १८ विद्याका खेलहरु रहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार चौथो स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितातर्फ १० वटा विद्यालयका १० टिमको सहभागिता रहेकोे छ ।
भलिबलतर्फ प्रथम, द्धितीय, तृतीय हुने टिमलाई क्रमश एक लाख, ७५ हजार, ५० हजार रुपैयाको साथमा शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट हुने १ महिला र एक पुरुषलाई ट्रफिको साथमा नगद प्रदान गरिने छ ।
ब्याडमिन्टनतर्फ प्रथम, द्धितीय, तृतीय हुनेलाई क्रमश १२ हजार, दश हजार, आठ हजार रुपैयाको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
टेबल टेनिसतर्फ प्रथम, द्धितीय, तृतीय हुनेलाई क्रमश पाँच हजार, चार हजार, तीन हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने छ । उद्धघाटन कार्यक्रमकैबीच गाउँपालिकाले द भोइस अफ नेपाल पाँचौ सिजनका फाईनालिस्ट कुमार प्रयास राईलाई सात लाख ७७ हजार रुपैया सहयोग प्रदान गरेको सहकर्मी अन्जु कार्कीले जानकारी दिनुभयो ।
यस्तै गाउँपालिका भवन निर्माणका लागि जग्गादान गर्नुहुने जग्गादाता एकराज गुरुङलाई सम्मान गरिएको छ । थुलुङ दुधकोशी गाउँपालिकाका स्थानीय कृषकहरुले उत्पादन गरेको कृषि उपजको कृषि प्रदर्शनी समेत गरिएको थियो । कम्पनीबीच सम्झौता

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: