×

नगरप्रमुख शेर्पाले गरे एकैदिन ५ आयोजनाको अनुगमन, गोराखानीमा १३ वटा योजना सम्झौता

मंसिर २५, २०८० | दाक्सु मिडिया

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले एकैदिन ५ वटा आयोजनाको अनुगमन गरेका छन । नगरपालिकाको वडा नम्बर ९ गोराखानीले आयोजना गरेको बार्षिक योजना सम्झौता कार्यक्रममा प्रमुख अतिथिका रुपमा गोराखानी पुगेका नगरप्रमुख शेर्पाले एकैदिन अन्य ५ आयोजनाको पनि अनुगमन गरेका हुन ।नगरपालिकाभित्र संचालन हुने सबै आयोजनालाई चुस्त, दुरुस्त र पारदर्शी बनाउने उदेश्यले प्रत्यक वडामा संचालित योजनाहरुको एकमुष्ट सम्झौता गर्दै आएको नगरपालिकाले आज गोराखानीमा योजना सम्झौता गरेको हो । वडा नम्बर ९ को कार्यालय गोराखानीको आयोजनामा वडाभित्र यो बर्ष संचालन हुने कुल १३ आयोजनाको एकसाथ सम्झौता गरिएको हो ।यसै छेकोमा नगरप्रमुख शेर्पाले अन्य ५ आयोजनाहरुको पनि अनुगमन गरेका हुन । निर्माण सम्पन्न भएर उद्घाटनको तयारीमा रहेको वडा नम्बर ९ को वडा कार्यालय भवन, वडा नम्बर १० मा रहेको जनप्रिय माध्यामिक बिधालयको नबनिर्मित भबन, लुम्सा देखि दिमिल सडक स्तरोन्नतीको कार्य प्रगती, सोहि सडकको बिचमा पर्ने खोलामा निर्माणाधिन मोटरेबल पुल, र वङछु शेर्पा मेमोरियल अस्पतालको अनुगमन गरेका हुन ।अनुगमन गर्दै नगरप्रमुख शेर्पाले भने “नगरपालिकाले सबै क्षेत्रको समानुपातिक बिकासलाई ध्यानमा राखेर काम गरिरहेको छ । मेरै कार्यकालमा बिकासका धेरै आबस्यकताहरु पुरा हुनेछन ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: