|
२०८२ आश्विन २७
काठमाण्डौँ । जेनजी आन्दोलनका कारण क्षति पुगेको चन्द्रागिरि र मौलाकाली केवलकार तिहारपछि सञ्चालनमा आउने भएको छ ।
दसैअघि नै यी दुबै केवलकारमा भएको क्षतिबारे अष्ट्रियन कम्पनीले अध्ययन गरेको थियो। अध्ययनको रिपोर्ट भने आउन बाँकी रहेको आइएमए ग्रुपले जनाएको छ ।
यद्यपी अहिले क्षति भएका संरचना बनाउने काम अघि बढेको स्रोतले बताएको छ ।
‘ट्रान्सफर्मरदेखि केवलकारको सर्भरसम्म पुग्ने वाइरिङ फेर्नै पर्नेछ। यो काम अब सुरू हुन्छ,’ उनले भने, ‘कम्पनीले अध्ययन गरेर फर्किसकेको छ। अब सामान आएपछि मर्मत हुन्छ र तिहारपछि केवलकार चल्नेछ ।
मौलाकाली केवलकारको पनि मर्मतको काम सुरूभएको उनले बताएका छन् ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्