☰ open
×

निषेधाज्ञा अवधिमा ६८० महिला तथा बालबालिका हिंसाको सिकार

साउन ५, २०७८

महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले निषेधाज्ञाको अवधिमा महिलामाथि भएको हिंसाका घटनाहरूको तथ्यांक सार्वजनिक गरेको छ ।

ओरेकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार निषेधाज्ञा सुरु भएको वैशाख १६ देखि असार ३१ गतेसम्म ६३ जिल्लाहरूबाट ६८० जना महिला तथा बालबालिका हिंसाको सिकार भएका छन् ।

उक्त घटनाहरु ओरेकले सञ्चालन गरेको २ वटा हटलाइन, मनोविमर्श कर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायिक संघसंस्थाहरूले संकलन गरेका हुन् । यी मध्ये १६३ घटनाहरु सञ्चार माध्यमबाट संकलन गरिएको ओरेकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: