☰ open
×

शिवम् सिमेन्टले ५२ लाख ८० हजार कित्ता आईपीओ निस्काशन गर्ने

साउन ६, २०७८

काठमाडौ-शिवम् सिमेन्टले सर्वसाधारणलाई सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा ५२ लाख ८० हजार कित्ता आईपीओ जारी गर्ने भएको छ । कम्पनीको ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको थियो । २५ गते सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारणसभाले साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

नेपाल धितोपत्र बोर्डले उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई प्रतिकित्ता ३ सय रुपैयाँ र सर्वसाधारणका लागि ४ सय रुपैयाँमा आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो । बोर्डका अनुसार उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई १ सय रुपैयाँ सहुलियतमा आईपीओ निष्कासन गर्ने उद्योगको प्रस्तावलाई बोर्डले स्वीकार गरेको छ ।

 

शिवम्ले हालको जारी पुँजी ४ अर्ब ३० करोड रुपैयाँमा वृद्धि गरी ४ अर्ब ४० करोड रुपैयाँ कायम गर्ने र उक्त पुँजीको १२ प्रतिशत हुन आउने ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण र उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि समेत निष्कासन गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: