×

माधव पक्षको स्थायी कमिटि बैठक सकियो, केन्द्रीय समिति बैठक शुरू

साउन २१, २०७८ | दाक्सु मिडिया

काठमाडौं, साउन २१ । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक शुरू भएको छ ।

बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा यस अघि स्थायी कमिटि बैठक शुरू भएको थियो । स्थायी कमिटि सकिएसँगै केन्द्रीय समिति शुरू भएको हो ।

बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन् । आजको बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ ।

अब बस्ने केन्द्रीय कमिटी बैठकमा बिहान सम्पन्न स्थायी कमिटी बैठकले गरेका निर्णयहरुमाथि छलफल हुनेछ।

अहिलेसम्मको परिस्थिति हेर्दा पार्टी एकताका लागि भइरहेको प्रयास उत्साहजनक नभएको नेपाल पक्षका एक नेताले बताए ।

ओली पक्षले बुधबार साँझ एक विज्ञप्ति जारी गरि नेपाल पक्षले बेलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई अपिल जारी गरिसकेको छ । ओली पक्षले बैठक अवैधानिक भएको पनि बताएको छ ।

यता बैठकमा सुरेन्द्र पाण्डे र यागेश भट्राई भने अनुपस्थित भएका छन् । नेपाल समूह निकट मानिने उनीहरु पछिल्लो समय अलमलमा जस्तो देखिएको बेला आजको बैठकमा अनुपस्थित भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: