×

दार्चुला घटनामा भारतले क्षमा माग्नुपर्छः नारायणकाजी श्रेष्ठ

साउन २०, २०७८ | दाक्सु मिडिया

काठमाडौं, साउन २० । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दार्चुला घटनामा भारतले सार्वजनिक रुपमा क्षमा माग्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिएकै कारण जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएकाले माफी माग्नुपर्ने बताउनुभएको हो ।

प्रारम्भिक तथ्यकाले एसएसबीले नै घटना गराएको देखिन्छ भन्दै उहाँले भन्नुभयो, ‘यो अमानवीय, उत्पीडनकारी र क्रूर कार्यको भर्त्सना गर्नुपर्छ । भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ ।’

छानविन समिति बनाएर परिपक्व कूटनीतिद्वारा सम्वाद गर्ने र आवश्यक पर्दा अडान लिने सरकारको बाटो ठीकै भएको भन्दै उहाँले भारतलाई हेपाहा प्रवृत्ति नदोहो¥याउन र घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गर्न माग गर्नुभयो ।

दुई देशबीचका समस्या वार्ता र सम्वादको बाध्यमबाट हल गर्न चाहेको भन्दै श्रेष्ठले राष्ट्रिय स्वाधीनता, सार्वभौमत्तामाथि अतिक्रमण कुनै हालतमा स्वीकार्य नहुने बताउनुभयो ।

बैठकमा नेता श्रेष्ठले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी ओली मात्र जिम्मेवार नभएको भन्दै त्यस अगाडिका सरकार र नेताहरु पनि जिम्मेवार रहेको तर्क गर्नुभयो ।

नेताहरुले आफूलाई बदल्न तयार हुनुपर्ने भन्दै श्रेष्ठले भन्नुभयो, ‘अबको निकास भनेको आफूलाई बदल्नुपर्छ, पार्टीहरुले, नेताहरुले र सरकारले आफूलाई बदलेर नयाँ ढंगले काम गर्ने तत्परता प्रस्तुत गर्नुपर्छ । अहिलेको सरकारलाई विशेषत प्रतिगमन विरोधी राजनीतिक पार्टीका नेताहरुलाई आफूलाई बदल्न र नेपाली जनताले अपेक्षा गरेअनुसार नयाँ ढंगले काम गर्न म अपील गर्न चाहान्छु

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: