
काठमाडौं, साउन २० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारले एमालेसँगको रिस भूमिहीनमाथि पोखेर लाचारीपन देखाएको आरोप लगाउनु भएको छ ।
पाखेरेलले आज सामाजिक सञ्जालमा लेख्दै एमालेको रिस भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी माथि पोख्नु सरकारको लाचारीपन भएको बताउनुभएको हो ।
मंगलबार सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेपछि पोखरेलको यस्तो भनाइ आएको हो ।
उहाँले गल्ती सच्याई आयोगलाई पुनः सकृय बनाउन सरकारलाई दबाब सिर्जना गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया