
काठमाडौं । काठमाडौं महानगरको फोहोर बोक्ने गाडीका चालकलाई समाएपछि मेयर बालेन शाह आक्रोशित भएका छन् । उनले जबसम्म ससम्मान चालकहरू रिहा हुँदैन त्यस बेलासम्म सिंहदरबार र नेताहरुको घरको फोहोर नउठ्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन् सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताहरुको घरको फोहोर उठ्दैन । को–को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन !’ केही समयअघि उनले महानगरको गाडी रोकेको भन्दै सिंहदरबार जलाउने अभिव्यक्ति सामाजिक सञ्जालबाट दिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया