×

उत्पिडित महिलाको लागी सिलाई कटाई तालिम सुरु

फाल्गुन १६, २०७९ | दाक्सु मिडिया

धादिङ, १६ फागुन – बेनिघाट रोराङ वडा नं. दुईका उत्पिडित चेपाङ र दलित समुदायको महिलाहरुको लागी तिन महिने सिलाई कटाई तालिम सुरु भएको छ । गरिबी निवारणका लागी लघुउद्यम विकास कार्यक्रम अन्तर्गत बेनिघाट रोराङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा वडा नं. दुईका चेपाङ र दलित समुदायका १५ जना महिलाहरुले प्रशिक्षण लिने भएका छन् । गाउँपालिका, वडाका प्रतिनिधि र महिला अधिकारकर्मिको उपस्थितिमा आज एक कार्यक्रम आयोजना गरि प्रशिक्षण कार्यक्रमको उदघाटन गरिएको छ ।


आफ्नो थोरै खर्चको लागी पनि घरका पुरुषको भर पर्नु परेकोले यस तालिममा सहभागी भई आत्मनिर्भर बनि आफै कमाउन सक्ने बन्ने चाहना भएको तालिममा सहभागी रश्मिता चेपाङले बताउनुभयो । तालिममा सक्रियताका साथ सहभागि भए तालिममा सिकेको सिपबाट व्यवसाय सञ्चालन गरि राम्रो अर्थोपार्जन गर्न सकिने प्रशिक्षक सरिता श्रेष्ठले बताउनुभयो । वडा नं. दुईका वडा अध्यक्ष हेमराज भुजेलले तालिम सिकेर व्यवहारमा लागु गर्न अनुरोध गर्नुभयो । बेनिघाट रोरा ङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकले तिन महिने तालिममा सहभागि भएका महिलाहरु आत्मनिर्भर भई व्यवसायिक महिला बन्न अनुरोध गर्नुभयो ।
तालिममा सहभागि महिलाहरुले तिन महिना तालिममा सहभागि भएपछि मेशिन पनि निःशुल्क प्राप्त गर्नेछन् । तालिममा ताल्ति, सिमथली, घैराङ लगायतका ठाउँबाट दलित र चेपाङ समुदायका महिलाहरुको उपस्थिति रहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: