×

पढ्नुहोस् यसपालिको बजेट हाइलाइट ३१ बुँदामा के के मा खर्च गर्न नपाउने

पुस ११, २०७९


Navbar

  1.  Home
  2. बिशेष समाचार

पढ्नुहोस् यसपालिको बजेट हाइलाइट ३१ बुँदामा

157Shares

facebook-white sharing button
twitter-white sharing button
messenger-white sharing button
pinterest-white sharing button


सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको छ। यो चालु आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा करिब १० प्रतिशत बढी हो।

अर्थमन्त्रीको रूपमा विष्णु पौडेलले ल्याएको बजेटलाई सरकार परिवर्तनसँगै गत भदौमा अर्थमन्त्री जर्नादन शर्माले विस्थापित गर्दै १६ खर्ब ३२ अर्बको बजेट विधेयक ल्याएका थिए। राष्ट्रिय योजना आयोगले आगामी आवको लागि १७ खर्ब ४५ अर्बको बजेट सीमा पठाएको थियो। 

शर्माले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले चालु खर्चमा ७ खर्ब ५३ अर्ब, ३ खर्ब ८० अर्ब पुँजीगत खर्चमा र वित्तीय व्यवस्थामा २ खर्ब ३० बजेट छुट्याएका छन्।
त्यस्तै सरकारले १२ खर्ब ४० अर्ब ११ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड जुटाउने र २ खर्ब ४२ अर्ब वैदेशिक ऋण लिने भएको छ। सरकारले आगामी आवमा २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने भएको छ।

पढ्नुहोस् यसपालिको बजेट हाइलाइट ३१ बुँदामाः
१. कर्मचारीको तलब १५ प्रतिशत बढ्यो
२. अब ६८ वर्षकाले वृद्ध भत्ता पाउने, २० अर्ब भार थपिँदै
३. पेट्रोलियम पदार्थको मूल्य घटाइने
४. दम्पत्तिका लागि ६ लाख रूपैयाँसम्मको आम्दानीमा कर नलाग्ने
५. एक परिवारलाई एक विद्युतीय चुलो
६. मिर्गौला, क्यान्सर र मेरूदण्ड पक्षघातका बिरामीलाई महिनामा ५ हजार दिइने
७. स्यानिटरी प्याडमा भन्सार महशुल ९० प्रतिशत छुट गर्ने घोषणा 
८. धान, गहुँ, मकै र तरकारी आयात ३० प्रतिशत घटाइने
९. ग्यासमा अनुदान कटौती गरिने, खाना पकाउन बिजुलीमा अनुदान दिइने
१०. सर्वोच्चले नबनाउने भनेको निजगढ विमानस्थल बजेटमा समेटियो
११. स्थानीय र प्रदेशमा ४ खर्ब ४२ अर्ब अनुदान
१२. पुँजी आकर्षित गर्न वैदेशिक लगानीको व्यवस्था खुकुलो
१३. वैदेशिक रोजगार र स्वरोजगारमा रहेकालाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने
१४. दुई लाखलाई काम दिन प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सात अर्ब पाँच करोड बजेट 
१५. विदेशबाट फर्केकालाई सहुलियत ऋण दिइने, १३ अर्ब ५९ करोड विनियोजन
१६. विदेशमा निर्माण व्यवसाय गर्न सकिने कानुनी व्यवस्था ल्याउने 
१७. सहरी गरिबलाई अपार्टमेन्ट
१८. सहकारीलाई चुक्ता पुँजीको ५ प्रतिशत अनुदान दिइने
१९. नेपाल विद्युत प्राधिकरणको सेयर जारी
२०. कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउने
२१. स्टिल, सिमेन्ट, फुटवेयर र पानी निर्यातमा ८ प्रतिशत नगद अनुदान
२२. नयाँ सुख्खा बन्दरगाह बन्ने, रेलवे र मेट्रो रेलका लागि ६ अर्ब
२३. औद्योगिक पूर्वाधारका लागि ३ अर्ब ७९ करोड विनियोजन, उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा भाडामा दिइने
२४. मदन भण्डारी, हुलाकी, पुष्पलाल राजमार्गलाई बजेट
२५. पुष्पलाल राजमार्गका १० सहर निर्माणलाई ३ अर्ब
२६. काठमाडौं चक्रपथ विस्तारका लागि १ अर्ब
२७. काठमाडौंमा सुरुङमार्ग बनाउन १ अर्ब १९ करोड, नागढुंगा सुरुङमार्गलाई ५ करोड
२८. माथिल्लो अरुणका लागि एक अर्ब र दूधकोशीका लागि ९४ करोड बजेट
२९. आगामी वर्ष सरकारी गाडी नकिन्ने घोषणा
३०. आर्थिक वृद्धि लक्ष्य ८ प्रतिशत
३१. यस्ता छन् खेल कार्यक्रम

सरकारले काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको निर्माण कार्य आगामी आर्थिक वर्ष सम्पन्न गर्ने घोषणा गरेको छ। कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा रात्रिकालीन खेल खेल्न सकिने गरी स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरिएको छ।

प्रदेश र स्थानीय तहसँगको सहकार्यमा चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट स्टेडियमको अधुरो निर्माण कार्य पूरा गर्ने व्यवस्था मिलाइएको बजेटमा उल्लेख छ। नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक रकम विनियोजन गरिएको र दसौं राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार तयार गरिने पनि बजेटमा उल्लेख छ।

खेलकुद पर्यटन प्रवर्द्धनका लागि सार्वजनिक निजी साझेदारीमा साहसिक तथा पर्वतीय खेलकुदका पूर्वाधार निर्माण तथा सञ्‍चालन गर्न प्रोत्साहित गरिनेछ। जुम्ला जिल्लाको टोप्ला पाटन लगायत स्थानमा हाई अल्टिच्यूड स्पोर्ट्स एन्ड ट्रेनिङ सेन्टर स्थापना गर्न पनि रकम विनियोजन गरिएको छ।

एक स्थानीय तह: एक खेलग्राम कार्यक्रमलाई बजेटले निरन्तरता दिएको छ। बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी तथा रंगशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ। धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला तथा खेलग्राम निर्माण गरिनेछ। खेल पूर्वाधारतर्फ ८७ करोड विनियोजन गरिएको छ।

त्यस्तै खेलकुद विकासको २० वर्षे गुरूयोजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ। निजी क्षेत्रलाई खेल विश्वविद्यालय खोल्न प्रोत्साहन गरिनेछ। विदेशी क्लबहरूलाई नेपालमा फ्रेञ्चाइज लिग आयोजना गर्न अनुकूल वातावरण निर्माण गरिनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: