×

विद्यार्थीद्धारा शिक्षकलाई घाँटीमै खुकुरी हान्ने प्रयास

फाल्गुन २९, २०७८ | दाक्सु मिडिया

धादिङ – उत्तरी धादिङको खनियाबास गाउँ पालिका झार्लाङ वडा न १ मा अवस्थित शिंगलादेवी माध्यामिक विद्यालयमा बिद्यार्थीहरुले शिक्षकलाई खुकुरी प्रहार गरेका छन् । विद्यार्थी विद्यार्थीबिचको सामान्य विवादमा खुकुरी प्रहार भएपछि एक विद्यार्थी समेत घाइते भएका छन् ।
खुकुरी काण्डका कारण त्रसित बनेका शिक्षकहरुले विद्यालयमा उपस्थित हुन नसक्ने भन्दै विद्यालय व्यवस्थापन समितिलाई पत्र लेखेका छन् । विद्यालयको छानामा ढुङ्गा हानेको निहुमा विवाद भएपछि शुक्रबार कक्षा ८ को बिमल तामाङले कक्षा ७ को रुबिन तामाङलाई खुकुरी हाने सँगै छुट्याउन जाँदा शिक्षकलाई समेत खुकुरी हान्ने प्रयास गरेका थिए । शिक्षक रविन्द्र यादवलाई घाँटीमा नै प्रहार गर्न खोजेपछि विद्यार्थीले रोक्ने प्रयास गर्दा एक विद्यार्थी घाइते भएको एक शिक्षकले जानकारी दिए । विद्यालयको वातावरण असुरक्षित बनेपछि यस विषयमा व्यवस्थापन समितिले निर्णय नगर्दासम्म विद्यालयमा उपस्थित हुन नसक्ने भन्दै शिक्षकहरु शिक्षकहरु विद्यालयमा उपस्थित नहुने बताएका छन् ।
विद्यालयका प्र.अ. विमल लामा लोप्चनले भने -”शिक्षकहरुको निर्णय जायज छ , शिक्षकको सुरक्षा हुनुपर्छ , व्यवस्थापन समितिमा आईतबार मिटिङ बसेर केहि निर्णय गर्छौ । पठनपाठन रोकिँदैन ।”
गत वर्ष यस विद्यालयमा अज्ञात समुहले आगो लगाइदिँदा महत्वपूर्ण कागजात र भौतिक सामाग्रीहरु नष्ट भएको थियो । आगलागीबाट दुई कोठे आफिस कोठा र दुई कोठे पुस्तकालय जलेर नष्ट भएको थियो । पेट्रोल छर्किएर गरिएको उक्त आगलागीबाट पुस्तकालय भवन र पुस्तकालय भित्र रहेको हजारौं पुस्तकहरु र आफिस कोठा भित्र रहेको दुइवटा दराज टेबल कुर्सी महत्वपूर्ण कागजातहरु ५ थान कम्प्युटर र एक थान वाइफाइ राउटर जलेर नष्ट भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: