काठमाडौं । जापान सरकारले नेपाल सरकारलाई दिने भनेको १६ लाख डोज मध्ये ५ लाख १३ हजार ४२० डोज एष्ट्राजेनिका खोप नेपाल आइपुगेको छ ।
कतार एयरवेजबाट खोप आज बिहान १० बजेर ३० मिनेटमा नेपाल आइपुगेको हो । जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत युताका किकुताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई खोप हस्तान्तरण गर्नु भएको छ ।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जापानसँग नेपालको सम्बन्ध पुरानो रहेको भन्दै खोप हस्तान्तरण गरेकोमा धन्यवाद दिनु भएको छ ।
खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेल लगायत युनिसेफका प्रतिनिधिको सहभागिता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया