काठमाडौं, साउन २२ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । कोटेश्वरस्थित पार्टी कार्यालयमा केही बेर अघिबाट बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
माओवादी केन्द्रका नेताहरूका अनुसार बैठकमा सरकार सञ्चलनका लागि सत्तारुढ दलको कार्यदलले बुझाएको प्रतिवेदन र मन्त्री छनोटबारे छलफल हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया