काठमाडौं । नेपालमा बुधबार थप ४ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ३५४ जनाको पीसीआर परीक्षणमा २ हजार ९७५ र ४ हजार ९४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १३४ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ५३५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौँमा ९०८ जना, भक्तपुरमा २०६ जना र ललितपुरमा १६५ जना कोरोना संक्रमित थपिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया