×

देउवाले चाहेमा स्वास्थ्य मन्त्री बन्न तयार छुः गगन थापा

साउन २०, २०७८ | दाक्सु मिडिया

काठमाडौं, साउन २० । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेमा आफू स्वास्थ्य मन्त्री बन्न तयार रहेको प्रष्ट गर्नुभएको छ ।

चिनवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका थापाले देश कोरोना महामारीसँग लडिरहेका समयमा सरकारले स्वास्थ्यमन्त्री बनाउन नसकेको भन्दै प्रधानमन्त्रीले चाहेमा मन्त्री बन्ने बताउनुभएको हो ।

थापाले भन्नुभयो, ‘संसदमै बस भने पनि ठीक छ, सरकारमा आएर काम गर भने बकाइदा काम गरिनेछ । प्रधानमन्त्रीले फ्रि ह्याण्ड भएर काम गर्न दिनुपर्छ ।’

सरकारको न्यूनतम साझा कार्यक्रम आएँगै २–३ दिनभित्र सरकारले पूर्णता पाउने बताउँदै थापाले कांग्रेस महाधिवेशन सार्न नहुने पनि बताउनुभयो ।

थापाले भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको अनुसन्धानमा नडराउन पनि सरकारलाई सुझाव दिनुभयो ।

थापाले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेर सरकारले ठीक गरेको पनि बताउनुभयो । विपन्न लालपूर्जाविहीनका नाममा कार्यकर्ता मात्रै भर्ना गर्ने काम गरेकाले खारेजी ठीक भएको उहाँको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: