×

देउवा सरकारले ओली सरकारको जनविरोधी निर्णयलाई खारेज गर्नुपर्ने झाँक्रीको भनाइ

साउन १९, २०७८ | दाक्सु मिडिया

काठमाडौं । नेकपा एमालेकी सांसद् रामकुमारी झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारको जनविरोधी निर्णयलाई शेरबहादुर देउवा सरकारले खारेज गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उहाँले अहिलेको सरकारको दायित्व सम्झाउनुभएको हो ।

‘सरकारले संविधानलाई ट्र्याकमा राख्न र लोकतन्त्रलाई सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ती सरकारले गरेका जनविरोधी कामहरुलाई खारेज गर्ने जिम्मेवारी बोक्नुपर्छ। यसको एउटा राम्रो उदाहरण होझापाको गिरिबन्धु टि स्टेट गार्डेनको हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्ने अघिल्लो सरकारको निर्णयलाई तत्काल खारेज गर्नुपर्छ भनेर झापाबाट एउटा प्रतिनिधि मण्डल पनि आएको छ। यसतर्फ म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु’, उहाँले भन्नुभयो ।

उहाँले सर्वोच्च अदालतको फैसला र आफूहरुको संघर्षले प्रतिनिधि सभाको पुनःस्थापना भएको भन्दै उहाँले सबैलाई बधाई दिनुभयो ।

‘यसले संसद्ले नयाँ सरकार दिन्छ भन्ने विकल्प र संविधानको धारा ७६ ९५० को कार्यान्वयन पनि यसैपटक आएको छ’, उहाँले भन्नुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: