१४ असार, काठमाडौं । १६ औँ सस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा बेल्जियम प्रवेश गर्न सफल भएको छ ।
आइतबार राति स्पेनको सेभियामा भएको खेलमा पोर्चुगललाई १–० गोल अन्तरले हराउँदै बोल्जियम अन्तिम आठमा प्रवेश गरेको हो । थोर्गान हाजार्डको निर्णायक गोलले बेल्जियमलाई जित दिलाएको थियो।
खेलको ४२ औँ मिनेटमा थोर्गान हाजार्डले टिमका लागि निर्णायक गोल गरेका थिए । दोस्रो हाफमा पोर्चुगलले धेरै अवसर पाएपनि जित भने निकाल्न सकेन ।
अन्तिम आठमा पुग्ने चौथो टोली बने सङ्गै बेल्जियमले अब क्वाटरफाइलनमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । युरोकप फुटबलमा यो संस्करणमा बेल्जियम हालसम्म अपराजित छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया