१३ असार, काठमाडौं । अघिल्लो केही दिन देखि १२५ अङ्कभन्दा बढीले गिरावट भइरहेको सेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले बढेको छ । साताको पहिलो कारोबारको दिनमा नै परिसूचक नेप्से २७.३८ प्रतिशतले बढेर २८७०.३८ अङ्कमा बन्द भएको छ ।
काराेबार अवधिभर उतारचढाव देखिएको नेप्से आजको कारोबार दिनमा २८८३.०८ अङ्कको उच्च बिन्दुमा पुग्दा २८३४.४२ अङ्कसम्म झरेको थियो । गत बिहीबार २८४३ अङ्कमा बन्द भएको नेप्से आज ०.९६ प्रतिशतले बढेको छ ।
आज बजारमा २ करोड कित्ताभन्दामाथि सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब नाघेको छ । २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १६ करोड ७४ लाख ३३ हजारको कारोबार भएको छ ।
आज कारोबारमा आएकामध्ये ८२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ९६ कम्पनीको घटेको छ । यता ५ कम्पनीको भने सेयर मूल्य बढेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया