×

डिजिटल अपराध: वर्षेनी साइबर आक्रमणमा वृद्धि

असार ५, २०७८ | दाक्सु मिडिया

आयरल्यान्डका स्वास्थ्य सेवाहरु केहि महिना देखि विचलित अवस्थामा छन्। मे १४ मा‌ त्यहाँको सरकारी प्रणालीमा भएको साइबर आक्रमणका कारण स्वास्थ्य सेवा कार्यकारी (एचएसई) ले आफ्ना अधिकांश कम्प्युटर प्रणालीहरू ध्वस्त गरेको थियो। ह्याकरहरूले १४८ करोडको फिरौतीको माग गरे तापनि सरकारले भने फिरौती तिरेको छैन।

मे ७ मा अमेरिकाको कोलोनियल पाइपलाइन कम्पनीमा पनि यस्तै प्रकारको हमला भएको थियो। कम्पनीले अमेरिकाको पूर्वी तटमा प्रयोग गरिने मध्ये आधा तेल आपूर्ति गर्दछ। कम्पनीले ३१ करोडको फिरौती तिरे पश्चात आपूर्ति पुनर्स्थापना गरिएको थियो। त्यस्ता आक्रमण ठूला कम्पनीहरूमा निरन्तर रुपमा भइरहेको तर साइबर सुरक्षा उद्योग भने ह्याकरहरूको सामना गर्न असहाय रहेको पाइएको छ।

माइक्रोसफ्टको अनुमान अनुसार २०२०मा रु ९.१९ करोड एन्टि भाइरस सफ्टवेयर र फायरवाल जस्ता उपायहरुमा खर्च गरिएको थियो। यो खर्च विगत पाँच वर्षमा ६४% ले वृद्धि भएको छ। ठूला कम्पनीहरू र संस्थाहरूले ह्याकिङ विरुद्ध बीमा गर्न समेत सुरु गरेका छन्।

२०१३ पछि विश्वमा साइबर खतराहरू तीन गुणा बढेको छ। साइबर आक्रमणका पीडितहरुमा बिषेश गरी कम्पनी र सार्वजनिक संस्थानहरू समावेश हुने गर्दछन्। जासूसी र युद्धमा दुश्मनलाई क्षति पुर्‍याउन र क्षमताको परीक्षण गर्न सरकारले समेत साइबर आक्रमण गरेको पाइएको हो। पश्चिमी देशहरूलाई हानी पुर्याउने भएका कारण रुस, इरान र चीनका साइबर अपराधकर्मीहरूको गिरोहलाई छुट दिने गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: