×

स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिदै प्रदेश १ सरकारद्वारा ३२ अर्बको बजेट प्रस्तुत

असार १, २०७८ | दाक्सु मिडिया

१ असार, काठमाडौं । प्रदेश १ सरकारद्वारा आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु. ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट प्रस्तुत गरिएको छ ।

चालु आर्थिक वर्षको लागि सरकारले रु. ४० अर्ब ८९ करोड ९९ लाख बजेट विनियोजन गरेको थियो ।आय र खर्चको अनुमान समेटिएको बजेट मंगलबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले पेश गरेका हुन् ।

कुल विनियोजन मध्ये चालुतर्फ रु. १४ अर्ब १६ करोड अर्थात ४३ दशमबल ५ प्रतिशत र पुँजीगततर्फ १५ अर्ब ३ अर्ब २२ अर्थात ४६ दशमबल ३ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । स्थानीय तहतर्फको वित्तीय हस्तान्तरणका लागि रु. ३ अर्ब २२ करोड ४२ लाख अर्थात १० प्रतिशत विनियोजन गरिएको हो । त्यसैगरी वित्तीय व्यवस्थातर्फ ३ करोड विनियोजन भएको छ । 

उल्लेखित खर्चका लागि स्रोत जुटाउन सरकारले आन्तरिक राजश्वबाट ४ अर्ब ९ करोड ७७ लाख, राजश्व बाँडफाँटबाट रु. ९ अर्ब ८१ करोड ६६ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु. ८ अर्ब ५६ करोड ७८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ९६ करोड ७७ लाख र समपुरक अनुदान एक अर्ब १६ करोड ४८ लाख र विशेष अनुदान रु. ५९ करोड ३३ लाख गरी राजश्व तथा वित्तीय रु. राजश्व तथा वित्तीय हस्तान्तरणबाट ३० अर्ब २० करोड ७९ लाख खर्च बेहोरिने छ । अपुग रकम मौजुदा रकम रु. २ अर्ब र वैदेशिक अनुदानबाट रु. २६ करोड १३ लाख बोहोरिने मन्त्री आङबुहाङले जनाए ।

स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

कोभिडबाट नागरिकलाई रक्षा गर्ने, स्वास्थ्य पूर्वाधार तयार, परीक्षणको दायरा बढाउने, उपचार, यन्त्र उपकरण, खोपको प्रबन्ध, स्वास्थ्यकर्मी परिचालनमा जोड दिइने बजेटमा उल्लेख छ ।

कोभिड नियन्त्रणका लागि र समग्र स्वास्थ्य प्रणाली तथा स्वास्थ्यकर्मीको प्रोत्साहनसमेतको कार्यक्रमको लागि सरकारले ३ अर्ब २५ करोड विनियोजन गरेको छ । सरकारले कोभिडसंग सम्बन्धित उपचार, नियन्त्रण आदिका लागि रु. ४४ करोड विनियोजन गरेको छ । कोरोना जनसुरक्षा कोषमा आवश्यक रकम थप गर्नेसमेत मन्त्री आङ्बुहाङले घोषणा गरे ।

उनले ‘स्वच्छ सुखी प्रदेश’को नारालाई सार्थक बनाउने नीतिअनुरूप सरकारले कार्यक्रम ल्याउने जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: