२९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप तीन हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै ६१ सङ्क्रमितले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार १४ हजार ४९४ स्वाब नमुना परीक्षण गरिएकोमा तीन हजार ३८४ जनाको नतिजा पोजिटिभ आएको हो । आठ हजार ५०६ नमुनाको पीसीआर परीक्षण गर्दा दुई हजार ३८२ र पाँच हजार ९८८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एक हजार दुईजनामा संक्रमण देखिएको हो ।
आजको मृत्यु सङ्ख्या सङ्गै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ हजार ३६६ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया