×

नेपाल अष्ट्रेलियासँग पराजित

जेष्ठ २९, २०७८ | दाक्सु मिडिया

२९ जेठ, काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा अष्ट्रेलियाले नेपाललाई पराजित गरेको छ । 

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाल अष्ट्रेलियासँग ३–० गोलले पराजित भएको हो । 

नेपाली टोली पहिलो हाफमा १० खेलाडीमा समेटिएको थियो । नेपालका खेलाडी रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । खेलको ४६ औँ मिनेटमा रोहितले रातो कार्ड पाएका थिए ।

योसँगै विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपालले अन्तिम खेमला पराजयको नतिजा निकाल्दै आफ्नो यात्रा समाप्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: