×

थपिए ३ हजार ७५० संक्रमित, ६७ जनाको मृत्यु

जेष्ठ २८, २०७८ | दाक्सु मिडिया

२८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५० जना कोभिड संक्रमित थपिएका छन् साथै ६७ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार १५ हजार १८२ जनाको परीक्षण गर्दा आज ३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७५ हजार २७५ तथा मृत्यु हुनेको संख्या ८ हजार ३०५ जना पुगेको छ ।

त्यस्तै अधिराज्यभर २४ घण्टामा ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: