×

काठमाडौं उपत्यकामा चौधरी ग्रुपले थाल्यो इन्टरनेट सेवा

जेष्ठ १८, २०७८ | दाक्सु मिडिया

काठमाडौं । आजबाट चौधरी ग्रुप अन्तरगतको सीजी कम्युनिकेसन्सद्वारा काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुचारु गरिएको छ ।

नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा उपभोक्ताले आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्न सक्नेछन् । कम्पनीले जनाए अनुसार उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा पनि सुधार आउने छ ।

सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउनेछ । उपभोक्ता केन्दि्रत सेवा शुरु गरिएको र यसले उपभोक्ताको जीवनमा विल्कुलै नयाँ अनुभव गराउने विश्वास सीजी कम्युनिकेसन्सको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: