×

कोरोनाको ‘डेल्टा’ नामक नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि

जेष्ठ १८, २०७८ | दाक्सु मिडिया

१८ जेठ, काठमाडौं । कोरोनाको कहर बढेसङ्गै विश्वका विभिन्न देशमा यसका विभिन्न भेरियन्टहरु फेला परेका छन्। भाइरसका यी नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले छुट्टाछुट्टै नाम दिएको छ ।

विश्व स्वास्थ्य संगठनलद्वारा बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (B.1.617.2) लाई ‘डेल्टा’ नाम दिइएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई भने ‘कप्पा’ नाम दिइएको छ ।

नेपालमा पनि भारतमै फेला परेका(B.1.617.2) र (B.1.617.1) भेरियन्ट पुष्टि भए पश्चात नेपालमा फेला परेका यी भेरियन्टलाई पनि डेल्टा र कप्पा भन्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा‍. सागर राजभण्डारीले बताए । भारतमा फेला परेको ‘डेल्टा’ भेरियन्ट विश्वका ५० भन्दा बढी देशमा फैलिएको र ज्यादै संक्रामक पनि रहेको पाइएको छ।

यसअघि जुन देशमा भेटियो, त्यही देशको नामबाट भेरियन्टलाई चिनाउने गरिएको थियो । भारतले ‘भारतीय भेरियन्ट’ भनिएकोमा आपत्ती नै जनाएको थियो । भारतको सन्चार मन्त्रालयले ‘भारतीय भेरियन्ट’ लेखिएका सबै पोष्ट हटाउन सामाजिक सन्जाल कम्पनीलाई निर्देशन पनि दिएको थियो ।

यहि कुरालाई ध्यानमा राखेर कोरोना भाइरसको भेरियन्टको नाममा सहजीकरण र यसको भ्रम अन्त्य गर्नका लागि ग्रिक शब्दबाट नयाँ नामकरण गरिएको बीबीसीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: