×

इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

जेष्ठ १६, २०७८ | दाक्सु मिडिया

१६ जेठ, काठमाडौं । इराकसङ्गको मैत्रीपूर्ण खेलमा नेपाल ६–२को गोल अन्तरले पराजित भएको छ ।

इराकको बसरास्थित अल फायना स्टेडियममा उक्त खेल खेलिएको थियो। पहिलो हाफमा ४–२ को अग्रता बनाएको इराकले दोस्रो हाफमा फेरि २ गोल थप्यो ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपालको प्रशिक्षक बनेपश्चात यो पहिलो खेल हो ।

नेपालका लागि मनिस डाँगीले राष्ट्रिय टिममा डेब्यु गर्दै गोल गरे । मनिससँगै डिफेण्डर गौतम श्रेष्ठले पहिलो रोजाइमा खेल्दै डेब्यु गरेका थिए ।

खेलको सातौं मिनेटमै अला अब्दुल जाहरा खासिनले फ्रिकिकमा गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए । तर नवौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालका अन्जन विष्टको प्रहार बचाउने क्रममा इराकका अहमेद इब्राहिम खलाफले आत्मघाती गोल गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: