
काठमाडौं । गत वर्षको लकडाउनपछि ओरालो लागेको सेयर बजारले पछिल्लो समयमा भने एक पछि अर्को रेकर्ड कायम गर्न थालको छ ।
आइतबारको सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ८ सय २० नाघेर बजारले सोमबार नयाँ रेकर्ड राखेको छ ।
सोमबार नेप्से परिसूचकसँगै सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड राखेको हो । सोमबार नेपाली सेयर बजारको इतिहासमै भएको सबैभन्दा धेरै ठूलो कारोबार गर्दै १३ अर्ब रुपैयाँ भन्दा धेरै सेयर किनबेच भएको छ ।
उता नेप्से परिसूचक झिनो अंकले बढे पनि नयाँ रेकर्ड कायम भएको छ । सोमबार नेप्से परिसूचक ३ दशमलव ०७ अंकले बढेर २ हजार ८ सय २३ दशमलव ०.६ अंकमा पुगेर ऐतिहासिक रेकर्ड राखेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया