×

स्पानिस ला लिगाको उपाधि एट्लेटिकोलाई

जेष्ठ ९, २०७८ | दाक्सु मिडिया

काठमाडौं । एट्लेटिको मड्रिड स्पानिस ला लिगाको उपाधि जित्न सफल भएको छ। लिगको अन्तिम खेलमा रियल भाल्लाडोलिडलाई शनिवार २-१ गोलको अन्तरमा पराजित गर्दै एट्लेटिको ७ वर्षपछि च्याम्पियन बनेको हो ।

एट्लेटिकोलाई उपाधि जिताउन यसै सिजन बार्सिलोनाबाट आएका लुइस सुआरेजले निर्णायक गोल गरे । सुआरेजले ६७औं मिनेटमा गोल गर्दै एटलेटिकोलाई २-१ को जित दिलाए ।

त्यसअई ओस्कार प्लानोले १८औं मिनेटमा गोल गर्दै घरेलु टोली भाल्लाडोलिडलाई अग्रता दिलाएतापनि ५७औं मिनेटमा एन्जल कोरेअले एट्लेटिकोका लागि बराबरी गोल फर्काएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: