काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ९,२४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१४ जनाको संक्रमणबाट मृत्यु भएको छ।
आज मात्र काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित भेटिएका छन् ।
काठमाडौंमा अस्पतालमा कोरोना संक्रमितको संख्या १ हजार ८२५ रहेको छ । जसमध्ये १८५ जना आईसीयूमा र १०५ जना भेन्टिलेटरमा रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया